१४४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनामा गरिएको परीक्षणमा ९०८ पुरुष र ५३४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस