जब कुकुरको पुच्छर निधारमा पलायो

एजेन्सी। कुकुरको निधारमा पुच्छर छ भन्दा पत्यार नलाग्न सक्छ, तर नपत्याई सुखै छैन । अमेरिकाको मिसौरीमा यस्तै एउटा घटना भएको छ । जहाँ कुकुरको एउटा बच्चाको निधारमा पुच्छर पलाएको हो ।

कुकुरको त्यो बच्चा अमेरिकाको मिसौरीस्थित सडकमा भेटिएको थियो । अभियानकर्ताहरुले कुकुरलाई त्यहाँबाट लिएर गएका थिए ।
उक्त कुकुरको नाम नरवाल रहेको छ । यो कुकुर दश महिनाको भएको छ । कुकुरको रेखदेख गर्ने संस्थापक रोशेल स्टीफनले यसलाई जादुई जीव भनेका छन् ।

उनले नरवाललाई भेटेर आफू खुसी भएको पनि बताएका छन् । निधारमा आएको पुच्छर हेर्नलाई मानिसहरुको भीड लाग्ने गरेको छ । साथै सेल्फी खिच्नका लागि मानिसहरु मरिहत्ते गरिरहेका छन् ।

कुकुरको निधारमा पुच्छर आएपछि त्यसलाई अस्पताल लगिएको छ । साथै कुकुरको एक्स९रे पनि गराइएको छ ।

एजेन्सीको सहयोगमा

 

प्रकाशित मिति : २०७७ मङ्सिर ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस