कारागारका महिला कैदीलाई सेनेटरी प्याड

२मंसिर,रोल्पा । जिल्ला कारागार रोल्पामा रहेका महिला कैदी बन्दीहरूलाई सेनेटरी प्याड वितरण गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रोल्पाले कारागारमा रहेका ७ जना महिला कैदी बन्दीहरुलाई सेनेटरी प्याड वितरण गरेको  हाे।

कारागारको निरीक्षणको क्रममा महिला कैदीहरुले प्याडको अभावमा महिनावारीका समयमा समस्या परेको गुनासो गरेकाले सेनेटरी प्याड वितरण गरेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएकाे छ ।

महिला कैदि बन्दीहरुलाई बितरण गरिएको ८५ थान सेनेटरी प्याड मध्य ४० थान प्याड पुनः प्रयोग गर्न मिल्ने खालको रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस