रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

२मंसिर, रोल्पा । माडी गाउँपालिका २ जलजलामा आज बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । भने १७ जना घाइते भएका छन् ।

दाङको घोराहीबाट रोल्पाकाे थबाङ तर्फ जादै गरेको ना ३ ख ५५१८ नम्बरको बस दुर्घटना हुँदा ३ पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । मृतको पहिचान हुन सकेको छैन ।

दुर्घटनामा परेर घाइते भएका १७ जनालाई घर्तीगाउँमा उपचार भइरहेको छ । बस शहिद मार्ग देखि १०० मिटर तल खसेको छ । भने घटनाको बारे थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस