रोल्पामा निर्वाचन पूर्व अवस्थाबारे इन्सेकको अनुगमन

२मंसिर, रोल्पा । रोल्पामा निर्वाचनको पूर्व अवस्था र तयारीबारे अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशले अनुगमन गर्नुको साथै सरोकारवाला निकायहरूसँग छलफल गरेको छ ।

इन्सेक केन्द्रीय कार्य समिति सदस्य शोभाकर बुढाथोकीले अनुगमन तथा छलफलको उदेश्यको बारेमा प्रमुख जिल्ला अधिकारी, सहायक निर्वाचन अधिकृत एवम सरोकारवालाहरुलाई जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले निर्वाचनलाई भयरहित, निश्पक्ष र स्वच्छ बनाउन निर्वाचनका सम्पूर्ण कार्य सम्पन्न गरेको, कर्मचारी, सुरक्षाकर्मी व्यवस्था र सुरक्षा मोवाइल टोलीको समेत व्यवस्था गरिएको बताए । जिल्लाका दशवटै स्थानीय तहमा मत पत्र पुगिसकेको सापकोटाले बताए ।

जिल्लामा हालसम्म कुनै त्यस्तो चुनौती नदेखिता पनि विगतमा द्वन्द्वकालीन अवस्था भएकाले कहि कतै हातहतिया प्रयोग हुनसक्ने सुरक्षा समितिले आकलन गरिएकाले सोही अनुुसार कार्ययोजना बनाएको सापकोटाको भनाई रहेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस