पहाडी साना किसानको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

३मंसिर, रोल्पा । पहाडी साना किसानका लागि अनुकूलन आयोजना जिल्ला आयोजन समन्वय इकाई जिल्ला स्तरीय समीक्षा गोष्ठी विहिबार लिबाङमा सम्पन्न भएको छ ।

कार्यक्रममा पहाडी साना किसानका लागि अनुकूल आयोजना जिल्ला समन्वय इकाई रोल्पाका कार्यालय प्रमुख विनोद ज्ञवालीले प्रस्तुतिकरण गरेका थिए ।

जिल्लाको ३० वटा वडाहरुका उक्त आयोजना सञ्चालन भइरहेको छ, भने एक वर्षका लागि आयोजना थप भएको ज्ञवालीले बताए ।

आयोजनाले जलवायु परिवर्तनमा प्रभावित महिला, दलित, अति विपन्न परिवारहरुलाई व्यवायीकरणमा सहयोग पु¥याउँदै आएको अपेक्ष गरीएको छ । आयोजनाबाट तरकारी खेती, बाख्रा व्यवसायी, सिंचाई लगायतका जलवायुसँग सम्बन्धित क्रियाकलापहरू सञ्चालन गर्दै आएको उनले बताए ।

कार्यक्रममा सहभागीहरुले जिल्लाको ७२ वटा वडाहरुमा आयोजना आगामी पाँच वर्षसम्म सञ्चालन हुनुपर्ने सुझाव व्यक्त गरेका थिए । जलवायु परिवर्तको कारण प्रभावित महिला, दलित लगायतका अति विपन्न परिवारहरुलाई तरकारी तथा पशु पालन व्यवसायीकरणमा सहयोग पु¥याएको भन्दै सहभागीहरुले आयोजनाको भूमिलाई प्रशंसा समेत गरेका थिए।

जिल्लामा आयोजना सञ्चालनका लागि विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय सहकार्य सञ्चालन गरेको खण्डमा आयोजनाको उद्वेश्यहरू प्राप्त हुने सहभागीहरुको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस