रास्वपा रोल्पाको बैठक सम्पन्न

रोल्पा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाको बैठक सदरमुकाम लिबाङमा सम्पन्न भएको छ ।

बैठकले र्‍यापिड एक्शन टिम गठन गर्ने, जिल्ला अनुशासन आयोगलाई पूर्णता दिने, पार्टीको जिल्ला स्थित कार्यालय व्यवस्थापन गर्ने लगायतका निर्णय गरेको जिल्ला संयोजक थापाले बताएका छन् ।

थापाका अनुसार बालाराम डाँगीको संयोजकत्वमा तीन सदस्यीय जिल्ला अनुशासन आयोग गठन गरिएको छ ।

आयोगका सदस्यमा देवमाया सेन र क्षितिज पुनमगर रहेका छन् । बैठकले प्रत्येक पालिकामा सह-संयोजकको संयोजकत्वमा १५ सदस्यीय र्‍यापिड एक्शन टिम गठन गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा रास्वपाका निर्वाचन क्षेत्र समितिका पदाधिकारी सदस्य तथा विभिन्न गाउँपालिकाका संयोजक र सहसंयोजकको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस