रोल्पामा वर्षमान पुनको अग्रता

५ मंसिर, रोल्पा। रोल्पामा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । १ हजार १ सय १६ मत गणना गर्दा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का वर्षमान पुनले अग्रता लिएका छन् । उनले ६ सय ९० मत पाएका छन् ।

एमालेका पूर्ण बुढामगरले २०८ मत पाएका छन् । त्यस्तै, राप्रपाकी लीला रावलले ८१ मत पाएका छन् । भने राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले दुई मत पाएका छन् ।

रोल्पामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस