६मंसिर, रोल्पा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अर्न्तगत रोल्पामा भएको अधिवेशनमा प्रदेससभा (ख) को सभापति पदमा गोपाल घर्तीमगर निर्वाचित भएका छन्।

निकटतम प्रतिष्पर्धी दिलमन बुढाथोकी सँग ६५ मतान्तरले घर्ती विजयी भएका हुन । घर्ति जिल्ला सभापति अमर पुन (पौडेल–कोइराला) पक्षका हुन्।

सोमबार बिहान सम्पन्न मत–परिणाम अनुसार उनका निकटतम प्रतिस्पर्धी दिलमन बुढाथोकीले २२७ मत प्राप्त गरेका छन्। प्रदेससभा (ख) मा जम्मा ५२९ मत खसेको थियो। प्रदेससभा (ख) मा सभापतिसहित पूरै पदमा समूह नै निर्वाचित भएको छ।

बुढाथोकी पूर्वजिल्ला सभापति कृष्णबहादुर घर्तीमगर (देउवा) पक्षको रुपमा चिनिन्छन्।