
६मंसिर, रोल्पा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अर्न्तगत रोल्पामा भएको अधिवेशनमा प्रदेशसभा (क) को सभापति पदमा दुर्गाबहादुर खड्का निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिष्पर्धी सिमबहादुर विष्टसँग १७ मतान्तरले खड्का विजयी भएका हुन । बिष्ट पौडेल—कोइराला पक्षका हुने भने खड्का देउवा पक्षका हुन्।
प्रदेशसभा (क)मा सभापति बाहेक अन्य सबै पदमा विष्ट समूह निर्वाचित भएको छ ।
पौडेल—कोइराला पक्षका बिष्ट १३ महाधिवेशनमा खड्कालाई पराजित गर्दै प्रदेशसभा (क)को सभापतिमा विजय भएका थिए । तर १४ औँ महाधिवेशनमा भने विष्टलाई पराजित गर्दै खड्का विजय भएका छन् ।
पदेशसभा (क)मा कुल ४ सय ९८ मत खसेकाे थियाे ।
प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार