रोल्पामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

रोल्पा । रोल्पामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरु गरिएको छ । ‘‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला बालबालिकामा लगानीको ऐक्यवद्धता” भने नाराका साथ रोल्पामा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ। 

रोल्पा नगरपालिका सहित जिल्ला सरकारी कार्यालयहरूले संयुक्त रुपमा प्रभातफेरी हिंसा विरुद्धको १६ दिने अभियानको सुरु गरेका छन् ।

१६ दिने अभियानको अवधिमा लैङ्गिक हिंसा विरुद्ध विभिन्न जनचेतना मुलुक कार्यक्रम गर्ने नगरपालिकाले जनाएको छ ।नोभेम्बर २५ तारिख देखी डिसेम्बर १० तारिखसम्म हरेक वर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस