भारतमा १ लाख ३५ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । भारतमा १ लाख ३५ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ५१८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार २६१ पुगेको हो ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४४ हजार ६९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९२ लाख ६६ हजार ६९७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८६ लाख ७७ हजार ९८६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस