
१०मंसिर, रोल्पा । चर्चित लोक दोहोरी गायिका राधिका हमाल नेपाली काँग्रेसको १४ माधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् ।
रोल्पाबाट हमाल महाधिवेशन प्रतिनिधि लडेकी थिइन् । उनी प्रत्यक्ष महिला तर्फको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा लडेकी थिइन ।
लोक गायन क्षेत्रमा राधिका हमाल चर्चित नाम भएपनि राजनीतिमा पराजय बेहोर्नु परेको छ । यसअघि स्थानीय तहको निर्वाचनमा पनि त्रिवेणी गाउँपालिका उपाध्यक्षमा लजास्पद रुपमा हार बेहोरेकी थिइन् ।
राजनीतिकको लागि कहिलै जिल्ला नआउने भएकाले पनि उनी प्राजय भएको कार्यकर्ताको भनाई । प्राजय हुनेमा पनि सबै भन्दा थोरै मत हमालको रहेको छ ।
चार जना महाधिवेशन प्रतिनिधि चयन हुने खुल्ला महिला कोटामा ८ जनाको उम्मेद्वारी परेको थियो। खुल्ला महिला कोटाबाट टीजा विष्ट (क्षेत्री) ४५०, पार्वती बुढाथोकी ४०३, मिश्रीकुमारी हमाल ४१३ र लालकुमारी वली (पुन) ४०६ मत प्राप्त गरी केन्द्रिय महाधिवेशन प्रतिनिधिमा चुनिएका छन् । भने श्रीकुमारी घर्ती (रोका) ३७३, देवा आचार्य ३३० भिमकुमारी बुढा ३४० र राधिका हमाल ३२६ मत प्राप्त गरी पराजित भएकाे नेपाली काँग्रेस राेल्पाले बताएकाे छ ।
हमाल महाधिवेशन प्रतिनिधिमा पराजित हुने निश्चत भएपछि हतार–हतार काठमाडाैँ हिडेकी थिइन ।