एमाले नेपाली कम्युनिष्ट आन्दोलनको प्रमुख शक्तिः कमल थापा

१० मंसिर, चितवन। राप्रपा अध्यक्ष कमल थापाले नेकपा एमाले नेपाली कम्युनिष्ट आन्दोलनको प्रमुख शक्ति भएकाले यसले समृद्धि र स्थायित्वको पनि नेतृत्व गर्नु पर्ने बताएका छन् ।

एमालेको १०औँ महाधिवेशनले मुलुकमा स्थायित्व र समृद्धिको यात्रामा इटा थप्ने अपेक्षा राखेको उनले बताएका छन् ।

मुलुकमा बढेको धर्म परिवर्तनले सनातन धर्मालम्वीहरुलाई प्रतिस्थापन गर्ने अवस्था रहेकाले त्यसलाई पनि एमालेको सम्बोधन गर्नुपर्ने उनले अपेक्षा राखे ।

ओलीको प्रशंसा गर्दै थापाले भने, ‘मलाई लाग्छ तपाइँहरूको लोकप्रिय अध्यक्षसँग सँगै रहेर काम गर्ने अवसर पाएको थिएँ, उहाँको अडानले भारतको नाकाबन्दी हट्यो मलाई विश्वास छ उहाँकै नेतृत्व क्षमताले अब देशका तमाम् अरू समस्या पनि मुक्त हुन्छन् ।’

उनले ओलीका दुई कामले नेपालीले कहिल्यै नविर्सिने बताएका छन् । ओलीले मधेसको पृथकतावादी संगठन विस्तार गर्दै आएको सीके राउतलाई मूल धारमा ल्याएको, विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको तथा लिम्पियाधुरासहितको भूमिलाई नक्सामा समेटेर ओलीले ऐतिहासिक काम गरेको उनले बताए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस