महाधिवेशनपछि माओवादी पूर्वलडाकू एमालेमा प्रवेश गराउछौँ : ओली

१० मंसिर,चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पूर्वलडाकूहरू नेकपा एमालेमा प्रवेश गर्न लागेको बताएका छन्।

महाधिवेशन उद्घाटन समारोहमा उनले महाधिवेशनलगत्तै पूर्व लडाकूहरू सामुहिक रुपमा प्रवेश गर्न लागेको बताए।

उनले माओवादी पार्टीका लागि जीवन नै होम्ने तर लक्ष्य प्राप्तिपछि आफ्ना नातागोतालाई मेयर, मन्त्री बनाउने पार्टीमा अब उनीहरू बसिनराख्ने बताए।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस