भारतमा ९३ लाखभन्दा बढीमा संक्रमण

काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख नाघेको छ ।

डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४२ हजार ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९३ लाख ८ हजार ७५१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८७ लाख १६ हजार ५६६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ १ लाख ३५ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ४७३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार ७३४ पुगेको हो ।

प्रकाशित मिति : २०७७ मङ्सिर १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस