काठमाडौं ।भारत–पाकिस्तानको सीमामा फायरिङ हुँदा दुई सैनिकको ज्यान गएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार कश्मीरको रजौरी क्षेत्रमा ड्युटीमा रहेका सैनिकहरुमाथि पाकिस्तानी सेनाले गोली चलाएको थियो। सो क्रममा २ भारतीय सैनिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत एक नेपाली नागरिक पनि परेका छन्।

दाङको तुलसीपुरका ३० वर्षीय प्रेम केसी कश्मीरमा भएको हमलामा ज्यान गुमाएका हुन ।

उनी १४ वर्षदेखि भारतीय सेनामा कार्यरत रहेको जनाइएको छ।

यसैबीच, भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेले शुक्रबार कश्मीरमा शहादत प्राप्त गरेका सैनिक जवानहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।