रुकुम पश्चिममा जीप दुर्घटना, ४ जनाको मृत्यु

रुकुम। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ८ दाजेमा जन्ति बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

राडिबजारबाट जन्ति बोकेर गएको रा १ झ ५८९ नम्बरको जीप रोकेर राखेको समयमा चिप्लिएर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा आठबिसकोट नगरपालिका वडा नं. ८ का कलीभान नेपाली, आईते चनारा, गोरे नेपाली सार्के नेपाली रहेको रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसीले जानकारी दिए । जीप चालक डिल्ली बहादुर नेपाली फरार रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते लाल बहादुर नेपालीको अवस्था गम्भीर रहेको डिएसपी केसीले जानकारी दिए । जीप झण्डै सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस