थबाङका स्वास्थ्यकर्मीलाई पोषण प्याकेज

१३मंसिर, थबाङ । थबाङ गाउँपालिकाका स्वास्थ्यकर्मीलाई बृहत पोषण प्याकेज तालिम समापन गरिएको छ । थबाङ गाउँपालिकाको आयोजना सञ्चालन भएको एक हप्ते बृहत पोषण प्याकेज तालिमको समापन गरिएको हो ।

थबाङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेयको अध्यक्षतामा आयोजित समापन कार्यक्रमको गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीको प्रमुख आतिथ्यता रहेको थियो ।

गत कार्तिक २८ देखी मंसिर ४ गतेसम्म पहिलो चरण र मंसिर ७ गते देखि मंसिर १३ गतेसम्म गरी दुई चरणमा आयोजित तालिममा गाउँपालिकाका सबै स्वास्थ्यकर्मीहरुलाइ तालिम प्रदान गरिएको थियो ।

गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि वीरबहादुर घर्तीले १४ दिनसम्म तालिममा सहभागी भएर आफुले सिकेको ज्ञान सिपलाई व्यवहारमा लागु गर्न आग्रह गरेका थिए ।

दुई चरणमा सञ्चालन भएको तालिमको सहजिकरण थबाङ गाउँपालिकाका सीनीयर अहेब राजकुमार बुढामगर र गाउँपालिका स्वास्थ्य सह–संयोजक धनबहादुर पुनले गरेका थिए।

स्वास्थ्यकर्मीहरुलाई पोषण सम्बन्धी विषयहरुमा ज्ञान, सिप अभिवृद्धि गरी पोषण सेवामा सुधार हुनुकोे साथै पाँच वर्ष मुनिका बालबालिकाहरु, किशोर किशोरी, गर्भवती तथा सुत्केरी आमाहरुको पोषण स्थितिमा सुधार हुने उदेश्य एवं अपेक्षाका साथ तालिम संचालन गरिएका थबाङ गाउँपालिका स्वास्थ्य संयोजक तुलबहादुर पुनले बताए ।

प्रशिक्षक बुढा र पुनलाई प्रमुख अतिथि अध्यक्ष घर्तीले प्रशंसा पत्र दिई सम्मान गरेका थिए । भने कदर पत्रद्धारा रुडास नेपाल रोल्पा, सुआहारा कार्यक्रम दास्रो चरणका फिल्ड संयोजक टेकेन्द्र घर्तीलाइ प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस