४ मंसिर, राेल्पा। नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनबाट रोल्पाकी ३२ वर्षीया ईश्वरी जिएम केन्द्रीय कमिटीमा कान्छी सदस्यको रूपमा निर्वाचित भएकी छन्।

२०४६ सालमा जन्मिएर २०६२ सालदेखि एमालेको राजनीतिमा लागेकी जिएम चितवनको सौराहामा सम्पन्न एमालेकाे दशाैँ राष्ट्रिय महाधिवेशनबाट निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भएकी हुन्।


दशौं राष्ट्रिय महाधिवेशन : गठबन्धनलाई चुनौती दिने एमालेको चितवन महाधिवेशन


आदिवासी जनजाति महिलातर्फको कोटाबाट निर्विरोध निर्वाचित भएकी जिएम एमालेको कान्छी केन्द्रीय सदस्य बनेकी हुन्।

रोल्पाको नुवागाउँ गाविस (हाल त्रिवेणी गाउँपालिका)मा जन्मिएकी राेल्पामा केही समय पत्रकारितामा गरी राजनीतिमा लागेकी थिइन्।

उनी यसअघि अनेरास्ववियु, रोल्पाकाे सदस्य, प्रेस चौतारी रोल्पाकाे अध्यक्ष, नेपाल पत्रकार महासंघ रोल्पा सचिव, नेकपा एमाले जिल्ला कमिटी सदस्य, नेकपा एमाले लुम्बिनी संगठन सचिवालय सदस्य समेत बनेकी थिइन्।