भारतमा पछिल्लो २४ घण्टामा ४८२ संक्रमितको मृत्यु

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ४८२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ६५९ पुगेको छ । यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९४ लाख नाघेको छ ।

डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार १७९ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९४ लाख ६३ हजार २५९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८८ लाख ८८ हजार ५९५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस