
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आफ्नो निर्वाचन क्षेत्र तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
हाल तनहुँमा रहेका नेता पौडेले आफूलाई प्रहरीले नियन्त्रणमा लिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।
नेता पौडेलले ट्विटरमा लेखेका छन्, ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्।’
तनहुँमा पुल उद्घाटन कार्यक्रमका क्रममा कांग्रेस र नेकपानिकट युवा संघबीच विवाद भएपछि निषेधाज्ञा जारी गरिएको थियो।
निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको बताइएको छ।
तनहुँका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० सागर आचार्यको आदेशमा कांग्रेस वरिष्ठ नेता पौडेल र तनहुँ कांग्रेसका सभापति जीतप्रकाश आलेलाई पक्राउ गरिएको छ।