उपत्यकामा आज ५६१ जनामा कोरोना पुष्टि

१८मंसिर, काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय ६१ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये २ सय ५० महिला र ३ सय ११ पुरुष हुन् ।

आज देशभर ९ हजार २ सय ८९ को पीसीआर गरिएकोमा १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस