डिसेम्बर फल्स’ मा आर्यन र उपासना

१८ मंसिर, काठमाडौं । अभिनेत्री उपासना सिंह ठकुरी फिल्म ‘डिसेम्बर फल्स’ मा अनुबन्धित भएकी छन् ।

यस फिल्ममा आर्यन सिग्देल मुख्य भूमिकामा छन्। मंगलबार निर्माण टिमले ’डिसेम्बर फल्स’ मा उपासना छनौट भएको सार्वजनिक गरेको हो ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेका फिल्मलाई भारतीय फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्दैछन् ।

फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा, सलोन बस्नेत, नागेन्द्र रिजाल, चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल,नरेश भट्टराईलगायतले अभिनय रहने छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस