विद्यालयमा लैङ्गिक तथा अपाङ्गमैत्रि शौचालय निर्माण

१७मंसिर, पोबाङ। सुनछहरी गाउँपालिका–२ को भित्रि गाम दाङ्गाधारा रोल्पामा रहेको विष्णु स्मृति प्राथमिक विद्यालयमा लैङ्गिक तथा अपाङ्गमैत्रि शौचालय निर्माण गरिएको छ ।

सुनछहरी गाउँपालिका र आईएनएफ नेपाल रोल्पाको सहकार्य तथा स्थानीयको जनसहभागितामा निर्माण गरिएको शौचालयको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनमगरले उद्घाटन गरेका छन् ।

शौचालय उत्घाटन गर्दै अध्यक्ष पुनमगरले शैचालयको सहि सदुपयोग गर्न विद्यार्थी, शिक्षक अभिभावकलाई आग्रह गरे ।

२०६१ सालमा तत्कालिन जनसरकारले जनवादी विद्यालयका रूपमा स्थापना गरेको यस विद्यालय शान्तिप्रकिया पछि सामुदायिक विद्यालयमा रूपान्तरणा गरिएको थियो । विद्यालयमा हाल कक्षा ३ सम्म पढाइ सञ्चालन हुँदै आएको छ । विद्यालयमा ४४ जना विद्यार्थीहरुले अध्यनरत रहेको विद्यालयका प्रधानाध्यापक सोन्तो घर्तीमगरले बताएका छन् ।

एक कोठा अपाङ्गमैत्रि शौचालय, दुई कोठा महिला शौचालय दुई कोठा पुरूष शौचालय गरि जम्मा ५ वटा कोठाहरू रहेको शौचालय १४ लाख २ हजार एक सय एकासि रूपैयाँ निर्माण सम्पन्न गरिएको हो ।

उक्त शौचालयमा आईएनएफ नेपाल रोल्पाले ४ लाख ९६ हजार बराबरको सामगी्र सहयोग गराएको छ । भने बाँकी रकम स्थानिय श्रमदान र कच्चा पदार्थ प्रयोग गरी निर्माण गरीएको आईएनएफ नेपालका प्राबिधिक गोविन्द रिजाल बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मतिलाल बुढाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सुनछहरी गाउँपालिकाका उपाध्यक्ष पबित्रा घर्तीमगर, सुनछहरी गाउँपालिकाका २ नं. वडा अध्यक्ष तेमन घर्तीमगर लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस