
१७ मंसिर, काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ ।
आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको बोर्डले जानकारी दिए ।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।
कोभिड—१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो ।
परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए ।
प्रकाशित मिति : २०७८ मङ्सिर १७ गते शुक्रवार