पोबाङमा कृषि सडकको निर्माण सुरु

१८मंसिर,पोबाङ । सुनछहरी गाउँपालिकालाई जोड्ने गरी शनिबारदेखि खर्क कृषि सडकको निर्माण कार्य सुरु गरिएको छ । गाउँपालिकाको केन्द्र पोबाङलाई जोड्ने गरी खर्क कृषि सडकको शनिबारदेखि शुरु गरिएको हो ।

सडकले खर्क, भैबाङ, मुकबाङ, भर्किबाङ लगायतका क्षेत्रलाई गाउँपालिकाको केन्द्रसँग निर्माण कार्य सुरु गरिएको हो ।

सडक निर्माणका लागि गाउँपालिकाले ३ लाख र स्थानीय उपभोक्ताको जनसहभागिताको ७२ हजार गरी ३ लाख ७२ हजारको लगानीमा ८ सय २० मिटर सडक निर्माण गरिएकोे सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले जानकारी दिएका छन् ।

सडक निर्माण भएपछि कृषि उत्पादनलाई व्यवसायिकतामा लैजान गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले सुझाव दिएका छन् । गाम,स्यूरी.सेरम सडक खण्ड देखि करिव २ किलो मिटर दुरी रहेको कृषि सडक खण्ड आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष पुनले बताए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस