ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर

बागलुङ। बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ ।

मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए ।

“यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो”, कँडेलले भने, “हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ ।

चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ ।” हिमपातका कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस