कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय नाघ्यो

२२मंसिर, काठमाडौँ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ । सोमबा थप २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१४ पुगेको हो ।

आज थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ६ हजार २२० जनाको पीसीआर परीक्षण गर्दा ३७० महिला र ६४४ महिलामा कोरोना पुष्टि भएको हो ।

नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । यीमध्ये १२ हजार ९४८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, आज थप १ हजार ६२८ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस