राजावादीका कारण गणतन्त्र खतरामाः अध्यक्ष केसी

२५ मंसिर, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजावादी र प्रतिगामी शक्तिहरुका कारण गणतन्त्र खतरामा परेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाले बुटवलमा बिहीबार आयोजना गरेको कोणसभामा बोल्दै अध्यक्ष केसीले सत्ता पक्ष र प्रतिपक्षले गणतन्त्रको दुरुपयोग गर्दा राजावादीहरुको पक्षमा जनमत बढेको बताए ।

भारतलाई इंगित गर्दै उनले नेपाललाई हिन्दु राज्य बनाउने षड्यन्त्र भइरहेकाले गणतन्त्रवादी शक्ति एक ठाउँमा उभिनु पर्नेमा जोड दिए ।

सो पार्टीकी प्रदेश सांसद तारा जीसीले संघीय संरचना देशले धान्न नसक्ने बताउँदै ऋण खोजेर संघीयता टिकाउन नसकिने बताइन् । संघीयताकै कारण राष्ट्रियता कमजोर र संकटमा परेको उनको तर्क थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस