
२५मंसिर, रोल्पा । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसर पारेर थबाङ गाउँपालिकाले १० जना महिलाहरुलाई सम्मान गरेको छ ।
लैङ्गिक हिंसास अन्त्यको प्रतिवद्धता व्यक्ति समाज सबैको एक्येवद्धता भन्ने मुलनाराको मंसिर १० गतेबाट शुरु भएको अभियानको विहिबार समापन गरिएको छ ्।
१६ दिने अभियान प्रत्येक वर्ष १० मंसिर देखि २५ मंसिरसम्म राष्ट्रिय एवं अन्तराष्ट्रिय रुपमा अभियान सन्चालन हुदै आएको छ ।
५ वडा रहेका गाउँपालिकामा ५ जना महिला सामुदायिक स्वस्थ्य स्वंयसेविका र ५ जना विभिन्न संघ संस्थामा रहेर सामाजिक कार्यक्रमा संलग्न रहेका महिलाहरुलाई सम्मान गरेको हो ।
गाउँपालिका उपाध्यक्ष रामकिरणी रोकाले नगत र प्रमाण पत्र सहित सम्मान गरेकि हुन । सम्मानित हुने महिलाहरु मध्ये वडा १ बाट थामी पुन, राष्टी वि.क., भुला रोका, वडा नं २ बाट भिमरासी रोका, ,रुपी रोका वडा नं ३ बाट जुनसरी रोका, सुनकुमारी रोका, वडा ४ बाट दिलपुरा घर्ती र वडा नं ५ बाट जुनमाया रोका र जुनकुमारी रोका रहेका छन् ।
गाउँपालिका उपाध्यक्ष रोकाको अध्यक्षता भएको समापन कार्यक्रममा २ नं वडा अध्यक्ष बसन्त रोका, ४ नं वडा अध्यक्ष उदिम घर्ती, कार्यपालिका सदस्य र विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।