त्रिवेणी गाउँपालिका रोल्पाले गर्‍यो सामाजिक अभियान्तालाई सम्मान

२५ मंसिर,रोल्पा । त्रिवेणी गाउँपालिका रोल्पाले सामाजिक अभियानमा संक्रिय विभिन्न महिलालाई सम्मान गरेको । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विहिबार अन्तिमदिन समापन्न गर्दै गाउँपालिकाले सम्मान गरेको हो ।

लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति समाज र सबैको एक्यवद्धता भन्ने मुलानाराका साथ गाउँपालिकाले गत मंसिर १० गते देखि विभिन्न कार्यक्रम गर्दै आएको थियो । भने अन्तिम दिन विहिबार विभिन्न सामाजिक कार्यक्रमा संक्रिय महिलाहरुलाई प्रमाण पत्र सहित कुकर प्रेशर र डोसल्ला ओडाएर र सम्मान गरेको हो ।

सम्मानित हुने महिलाहरुमा वडा नम्बर १ का नीर्मला घर्ती, वडा नम्बर २ का मीना राना, वडा नम्त्रर ३ का पीमा बुढा, वडा नम्बर ४का तेजुमाँया डाँगी, र वडा नम्बर ७ का संगिता चन्द रहेका छन् । भन्ने हिंसा पिडित महिलाहरुको न्यायका लागि लड्ने अधिकारकर्मि धरेन्द्र डाँगी र वडा नम्बर ६ का हिमराज पुन रहेका छन् । कार्यक्रममा विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस