
२६ मंसिर, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ ।
आज ७ हजार ४ सय १४ जनाको पीसीआर गरिएको छ । त्यस्तै, शुक्रबार १ हजार २ सय ७१ जना डिस्चार्ज भएका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार आज ११ संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ७४ पुगेको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर २६ गते शुक्रवार