रोल्पा । रोल्पा उद्योग वाणिज्य संघले जाजारकोट भूकम्प पीडितलाई २ लाख ३५ हजार बढी आर्थिक सहयोग प्रदान गरेको छ।संघका जिल्ला अध्यक्ष केशवकुमार आचार्यले प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेमार्फत सहयोग प्रदान गरेका हुन्।
जाजरको रामीडाँडा केन्द्रविन्दु भई कात्तिक १७ गते गएको भूकम्प पीडितका लागि संघले जिल्ला विभिन्न बजार क्षेत्रबाट २ लाख ३५ हजार १५ रुपैँया संकलन गरेका थियो ।
संकलित रकम मध्य भूकम्प प्रभावित राहत कोष जाजरकोट खातामा १ लाख, कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुम (पश्चिम)को खाता ८४ हजार ५ सय ९५ र प्रधानमन्त्री दैवी प्रकोष उद्वार कोषको खाता ५० हजार ४ सय २० जम्मा गरिएका भौचरहरु प्रमुख जिल्ला अधिकारी घिमिरेलाई बुझाएको संघका अध्यष केशवकुमार आचार्यले बताएका छन् ।
प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार