भारतमा थप २७ हजारमा संक्रमण

२९ मंसिर, काठमाडौँ । भारतमा थप २७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २७ हजार ३३६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९८ लाख ८४ हजार ७१६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९३ लाख ८७ हजार ६०८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३३८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार ३९३ पुगेको हो ।

प्रकाशित मिति : २०७७ मङ्सिर २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस