कस्तो छ आज तपाईंको राशिफल ?

मेष
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । सामाजिक तथा परोपकारका क्षेत्रमा सरिक होइएला । प्रेममा खटपट आउन सक्छ ।

वृष
ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आफन्तसँग गरमाईलो भेटघाट पनि हुनेछ । खर्च बढ्न सक्छ ।

मिथुन
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगती हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

कर्कट
धार्मिक काममा सहभागी भइहोला । पारिवारीक सद्भाव बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ । शुभ समाचार पनि सुन्न पाइएला ।

सिंह
आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।

कन्या
आज स्वादिष्ट भोजन पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला ।

तुला
आज धर्म,कर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

वृश्चिक
आज बित्तिय संस्था बाट सहयोग पाईनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् । चिताएको कामले तीव्रता लिनेछ । नसोचेको ठाउँबाट धन लाभ हुनेछ ।

धनु
श्रमको उचित मुल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । स्वास्थ्य खराब हुन सक्छ । अध्ययनमा बाधा आउला ।

मकर
रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ । अतिथीको सेवा होला ।

कुम्भ
कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योग छ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मीन
अधिकार प्राप्तीमा संघर्ष गर्नु पर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च होला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । अन्तिम समय आफ्नै पक्षमा निर्णय हुँदा मन हलुका हुनेछ ।

प्रकाशित मिति : २०७७ पुष २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस