भारतमा कोरोना संक्रमितको संख्या साढे ९९ लाख नाघ्यो

२ पुस, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या साढे ९९ लाख नाघेको छ ।

साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ८६१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९९ लाख ५४ हजार ७६९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९४ लाख ८१ हजार ३६० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४४ हजार ४८७ पुगेको हो ।

प्रकाशित मिति : २०७७ पुष २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस