कोरोनाका कारण विश्वमा १६ लाख ३० हजारको मृत्यु

२पुस, काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १६ लाख ३० हजार नाघेको छ ।

विश्व स्वास्थ्य संठगनको तथ्यांक अनुसार हालसम्म १६ लाख ३० हजार ५२१ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४६४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधीमा ५ लाख ८५ हजार ४५५ कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ कारोड २१ लाख ९६ हजार ७३२ पुगेको छ ।

प्रकाशित मिति : २०७७ पुष २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस