अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख नजिक

२पुस,काठमाडौं । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म अमेरिकामा २ लाख ९८ हजार ५९४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७५४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा अमेरिकामा २ लाख ४ हजार २८१ संक्रमित थपिएका छन् ।

तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ६२ लाख ४५ हजार ३७६ पुगेको छ । अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना प्रभावित देश हो ।

प्रकाशित मिति : २०७७ पुष २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस