अनेम संघ (क्रान्तिकारी) माडी ३ को सम्मेलन तालावाङमा सम्पन्न

२ पुष, रोल्पा । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) माडी ३ को सम्मेलन तालावाङमा सम्पन्न भएको छ ।

जेष्ठ महिला दर्शना पुनमगरको अध्यक्षता एवम् माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा अनेम संघ(क्रान्तिकारी) माडी गाउँपालिका अध्यक्ष धनिकला घर्ती बुढामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादी केन्द्रमा आवद्ध माडी ३ का महिलाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) माडीका कोषाध्यक्ष एवम् अनेम संघ (क्रान्तिकारी) माडीका इन्चार्ज जयपुरी घर्ती, प्रेस सेन्टर रोल्पाका जिल्ला कोषाध्यक्ष बुद्धिमान वली लगायतको आतिथ्यता रहेको थियो ।

सम्मेलनले मनकुमारी बाँठामगरको अध्यक्षतामा १५ सदस्यीय अनेम संघ (क्रान्तिकारी) ६ नम्बर वडा कमिटी गठन गरेको छ । जसकाे उपाध्यक्षमा सिर्जना परियार, सचिवमा जुनमाया घर्तीमगर, कोषाध्यक्षमा निर्मला बिक ,सह-सचिवमा गौमाया पुनमगर रहनुभएको छ ।

अनेम संघ (क्रान्तिकारी)का सदस्य सीता पुन मगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन स्मृति बुढामगरले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस