२पुस, सुनछहरी । गाउँ परिवर्तन युवा समुह सुनछहरी गाउँपालिका ३ पाङबाङको प्रथम वार्षिकोत्सब तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।

“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’’ भन्ने मुल नाराका साथ सुरु भएको कार्यक्रमको उद्घाटन नेकपा (एमाले) लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं रोल्पा जिल्ला अध्यक्ष बालराम बुढामगरले गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष बुढामगरले खेल क्षेत्रको विकासले पारस्परिक सम्बन्ध स्थापित गर्ने र राज्यले खेलुद क्षेत्रमा तथ लगानी गर्नुपर्ने बताए ।

पाँच दिनसम्म सञ्चालन हुने वार्षिकोत्सव कार्यक्रममा लोकदोहोरी गायक अमर रोकामगर, लोक तथा दोहोरी गायिका रमिला बुढा, गायक, उमेश घर्ती, बसन्त घर्ती र डान्सर सौगात घर्तीले लगायतले प्रस्तुति राख्ने छन् ।

वार्षिकोत्सव कार्यक्रममा महिला तथा पुरुष भलिबल, लोक तथा दोहोरी गीत, सामूहिक नृत्य, एकल नृत्य, रस्साकसी, हाजिरी जवाफ, भाले पकड लगायतका प्रतियोगिताहरु रहेका छन् ।