भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

४ पुस, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या साढे १ करोड नाघेको छ ।

साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ९९१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ४ हजार ८२५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९५ लाख ४९ हजार ९२३ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४५ हजार १७१ नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३४२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार १७१ पुगेको हो ।

प्रकाशित मिति : २०७७ पुष ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस