रोल्पामा भिरबाट लडेर मृत्यु

रोल्पा । रोल्पामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ७ तेबाङका २६ वर्षीय सुर्मान पुनको भिरमा खर लिन जानेक्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

आज बिहान ७ बजेतिर गोटिबाङ  खोलाको भिरमा लडेर घाइते भएका पुनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस