प्रधानमन्त्रीले कू गरेका होइनन्, कू हुनबाट जोगाएका हुन् : नारायणमान बिजुक्छे

७पस, काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको बताएका छन् ।

उनले प्रधानमन्त्रीले संविधानले परिकल्पना गरेको मान्यता र संविधानभित्रै रहेर प्रधानमन्त्रीले कदम चालेको जिकिर गर्दै पूर्वसांसद बिजुक्छेले संविधानभित्रका केही कमजोरीलाई संशोधन गरेर जानुपर्ने आवश्यकता भने औल्याए ।

प्रधानमन्त्री ओलीले ‘कु’ गरे भन्नु गलत भएको टिप्पणी गर्दै नेता बिजुक्छेले राज्य विद्रोह, सैनिक विद्रोह गराएर सत्ता कब्जा गर्ने खेललाई मात्रै ‘कु’ भन्न मिल्ने तर्क गरे । उनले “प्रधानमन्त्रीले ‘कू’ गर्नुभएको होइन, बरु ‘कू’ असफल चाहिँ पार्नुभएको हो ।”

गुमेको नेपाली भूमि नक्शामा समावेश गरी भूमि फर्काउने अडान ओलीले कायम राखेकाले पनि अहिलेको परिस्थिति आएको तर्क उनको छ।

प्रकाशित मिति : २०७७ पुष ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस