७पुस, काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
केन्द्रीय कमिटीको बैठक बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सुरु भएको हो । केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटीको बैठक बसेको थियो ।
स्थायी कमिटीको बैठकले माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको छ । यो निर्णय केन्द्रीय कमिटीको बैठकले पारित गर्नेछ ।
याे पनि पढ्नुहाेस्
प्रधानमन्त्रीले कू गरेका होइनन्, कू हुनबाट जोगाएका हुन् : नारायणमान बिजुक्छे
प्रकाशित मिति : २०७७ पुष ७ गते मङ्गलवार