७ पुस, काठमाडौं । संसद विघटनविरुद्ध प्रतिरोध आन्दोलन गर्न नौ विद्यार्थी संगठनले आह्वान गरेका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) को संयोजनमा आज बसेको नौ विद्यार्थी संगठनहरुको संयुक्त बैठकले संविधानको रक्षाका लागि सहकार्य गर्ने निर्णय पनि गरेको छ ।

बैठकले संसद विघटनविरुद्ध देशभर प्रतिरोध आन्दोलन गर्न सबै युवा विद्यार्थीहरुलाई आह्वानसमेत गरेको छ ।