भैंसेपाटीमा वामदेव र बादलको बेग्लै बैठक

७पुस, काठमाडौं । नेकपाका दुवै पक्ष पार्टी फुटाउन उद्यत भइरहेको बेला दुवै पक्षमा नखुलेका उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल भने बेग्लै छलफलमा जुटेका छन् ।

बबरमहलमा प्रचण्ड–माधव नेपाल पक्षको बैठक चलिरहेका बेला वामदेवलाई भेट्न बादल भैंसेपाटी पुगेका छन् । दुवै नेतालाई बैठकमा सहभागी हुन आग्रह गर्दै प्रचण्ड माधव नेपाललगायतका नेताहरु आज बिहान पनि उनीहरुको निवासमा पुगेका थिए ।

वामदेव र बादलबीच तेस्रो समूह बनाउने बारेमा छलफल भइरहेको स्रोतले जनाएको छ । वामदेवलाई भेट्न बादल पौने दुई बजे भैंसेपाटी पुगेका थिए ।

प्रकाशित मिति : २०७७ पुष ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस