राजदूत यान्छी र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

८पुस, काठमाडौँ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

नेकपा विभाजनको स्थितिमा पुगेका दिन राजदूत यान्छी राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेकी हुन् ।

मंगलबार साँझ साढे ६ बजेतिर यान्छी राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेको स्रोतले जनाएको छ ।

उनीहरूबीच के छलफल भयो भन्नेबारे खुलिसकेको छैन । यसअघि पनि नेकपामा विवाद उत्कर्षमा पुग्दा राजदूत यान्छी सक्रिय हुने गरेकी थिइन् ।

प्रकाशित मिति : २०७७ पुष ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस