थप ६१३ जनामा कोरोना संक्रमण

९पुस,काठमाडौँ । नेपालमा आज थप ६ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ५ सय १० को पीसीआर गर्दा आज ६ सय १३ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बिहीबार पाँच जना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस