
फाइल फाेटाे
९ पुस, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा.युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गत मंगलबार डा. खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी थिइन ।
प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार